जसपा अध्यक्ष भारत भ्रमणमा

९ भदौ, काठमाडौं : पारिवारिक कामका सिलसिलामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारतकाे केरला गएका छन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची गई एक सातापछि स्वदेश फर्किने छन् ।

यादव भारत भ्रमणमा रहेका बेला जसपाको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *