जसपाको विदेश विभाग प्रमुखमा अर्जुन थापा नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा चयन भएका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले थापालाई विभागको प्रमुख चयन गरेको जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

थापासँग लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हालेको अनुभव छ । बैठकले विभागको सचिवमा भरत गुरुङ, सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिष कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *