जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको केन्द्रीय विभाग प्रचार प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बस्नेतले बताए।

जसपाले आगामी असार १० देखि १२ गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीम प्रथम विधान अधिवेशन आह्वान गरेको छ। विधान अधिवेशनमा सहभागी हुने ७ सय ७८ जना प्रतिनिधिको यसअघिको केन्द्रीय समिति बैठकले टुंगो लगाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *