जनकपुरमा एक महिला रहस्यमय अवस्थामा मृत फेला

१८ भदौ, काठमाडौँ : जनकपुरमा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन् ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिकाकी १८ वर्षीया सरस्वती यादव रहेका छन् । धनुषा प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बालिकाको शवलाई नियन्त्रणमा लिएको बताए । यादवकी आमाले प्रहरीलाई बताएकी छोरी नजिकैको इनारबाट पानी लिन जाने क्रममा ढलेर मृत्यु भएको थियो । तर स्थानीयले यादवको मृत्यु रहस्यमय भएको बताएका छन् ।

परिवारले घटना लुकाउन खोजेको खबर पाएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो । छिमेकीका अनुसार सरस्वती यादवको घरमै मृत्यु भएको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि लगेको छ । अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *