चिकित्सकमाथि हातपात गर्ने दुईजनाविरुद्ध उजुरी

२९ भदौ, काठमाडौँ : हेटौंडाको साँचो अस्पतालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी परेको छ ।

चितवनमा भदौ १० गते ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको विषयमा साँचो अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन अस्पताल रिफर गरिएको विषयमा साँचो अस्पतालका चिकित्सक डा विकास थापा र डा. प्रशान्त बिडारीलाई बुधबार कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृतकका परिवारका सदस्य अनुप प्रधान र रोहित प्रधानविरुद्ध दुई जना चिकित्सकमाथि कुटपिट गरेको उजुरी परेको छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उनले कुटपिटमा संलग्न सबैलाई कारबाही गर्न र सिसिटिभी फुटेजमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।हेटौँडाको साँचो अस्पतालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी परेको छ । चितवनमा भदौ १० गते ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको विषयमा साँचो अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन अस्पताल रिफर गरिएको विषयमा साँचो अस्पतालका चिकित्सक डा विकास थापा र डा. प्रशान्त बिडारीलाई बुधबार कुटपिट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृतकका परिवारका सदस्य अनुप प्रधान र रोहित प्रधानविरुद्ध दुई जना चिकित्सकमाथि कुटपिट गरेको उजुरी परेको छ । नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उनले कुटपिटमा संलग्न सबैलाई कारबाही गर्न र सिसिटिभी फुटेजमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *