चाबहिलका नापी अधिकृतविरुद्ध १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको मुद्दा

१४ साउन, काठमाडौं : नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरी विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

‘निज पुरीले सार्वजनिक सेवाको पदमा भै रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको हुनाले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको’, अख्तियारले विज्ञप्तिमा भनेको छ ।

निज पुरी वि. सं २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका थिए भने उनको वि . सं २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको छ तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको भनाइ छ । त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको र अख्तियारले सो सम्पत्ति असुल गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *