चलचित्र निर्माता संघ नेपालले मंसिरमा चलचित्र महोत्सव-२०७४ गर्ने

काठमाडौ ३० असार-नेपाली चलचित्र निर्माता संघ नेपालले मंसिरमा चलचित्र महोत्सव-२०७४ गर्ने भएको छ । उक्त कार्यक्रम प्रदेश नम्बर १ झापाकाे बिर्तामोडमा ५ दिन सम्म हुने भएको हो । उक्त कार्यक्रमको लागी चलचित्र महाेत्सव संयाेजक समिति पनि गठन गरिएकाे छ ।

उक्त कार्यक्रम संघका सल्लाहकार श्री प्रदिप मितल संयाेजक र मदन गाेपाल सुब्बाको सह-संयाेजकत्वमा सभ्य, भब्य , मर्यादीत ,व्यवस्थित रूपले कार्यक्रम सम्पन्न गरिने जनाईएको छ ।

थप सदस्य र समिति आवस्यकता अनुसार गठन गरिने भएको छ । महाेत्सवमा फिल्म प्रर्दशन, संस्कृतिक कार्यक्रम ५० वटा जति स्टलहरू राखिने छन् । चलचित्र र सांस्कृतिक झल्काउने स्टलहरू हुनेछन ।

अब, निर्माता संघ नेपालले उठाउदै अाएकाे ,राष्ट्रिय चलचित्र नीति र बक्स अफिस कार्यन्वनमा भएकाे ढिलाई प्रती थप संघर्षका कार्यक्रम गर्ने र चाँडाे भन्दा चाँडाे नीति र बक्स अफिस लागू गराउन सम्पूर्ण सराेकारवाला संघ ,संस्थालाईलाई अनुरोध गर्दै सहकार्य गरि अगाडि बढने निर्णय गरिएकाे समेत भएको, नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *