गोरखामा कृषि प्राविधिक पार्क बनाउने प्रचण्डको इच्छा

२४ भदौ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा कृषि प्राविधिक पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् ।

शनिबार गोरखाको अजिरकोट गाउँपालिकाको बच्छेकमा स्थानीय सरकारका प्रतिनिधि, राजनीतिज्ञ र नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले गोरखा जिल्लामा पार्क स्थापना गर्न चीन सरकारले प्रस्ताव गरेको बताउनु भयो । । “आगामी चीन भ्रमणमा नेपालको कृषि क्षेत्रको विकासको विषय पनि सुचिमा छ।

चीन सरकारले कृषि प्राविधिक पार्कको विकासको प्रस्ताव राखेको छ। पार्क कहाँ बनाउने भन्ने मेरो निर्णय होइन तर विकास गर्ने इच्छा छ।” गोरखाको पार्क नै हो,’ प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभयो । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योगधन्दामा कृषि पार्क केन्द्रित हुने प्रधानमन्त्रीको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *