गुजरातलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन

काठमाडौं । महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । सोमबार राति गुजरातको अहमदाबादमा आयोजित आईपीएल—२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो ।

चेन्नईले यस पटक फाइनलमा टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो ।

तर पहिलो ओभरको तीन बलमै वर्षाले खेल रोकिएपछि ओभर घटाइएको थियो । डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएको थियो ।

चेन्नईका लागि डेभोन कनवेले सर्वाधिक ४७ रन बनाए । २५ बल सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिवम दुवेले नटआउट रहँदै २१ बलमा २ छक्कासहित ३२ रन बनाए । चेन्नईलाई अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै जित दिलाए । उनले ६ बलमा १ छक्का र १ चौकासहित १५ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *