गायक विशाल गौतमको “मैले हेल्लो भनेर बोलाए” गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

कार्तिक ३० काठमाडौ, केहि समय देखि संगीतमा लागेका अनि संगीतलाई निकै नै माया गर्ने व्यक्ति हुन् विशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपाली गीत संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् । “गाजलु आखाले” भने गीत मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि गीतकार तथा संगीतकार पनि हुन् । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्वजनिक भएको छ ।

यहि गीत मार्फत पनि पछिल्लो समय निकै नै चर्चामा आईरहेका छन् । यसैगरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/संगीत विशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन् भने यो गीतको म्युजिक भिडियोमा हरि हुमागाईको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ ।

भिडियोमा दुई प्रेमी-प्रेमिका बिचको अपार माया प्रेमलाइ देखाउन खोजिएको छ । निराजन प्रधान र स्वस्तिमा खड्काको जिवन्त अभिनय रहेको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *