गायक राजेन्द्र केरुङ को ‘फुङ ईनु सेवा ‘ सार्वजानिक

‘निसुम’ शुक्र चङ्बाङ / काठमाडौ – गायक तथा संगीतकार राजेन्द्र केरुङ्ग लिम्बुको ”फुङ ईनु सेवा चोगीरो” बोलको गीत सार्वजानिक भएको छ । फालेलुङ ३ ताङ्लेपा पाँचथरमा जन्मिएर लिम्बू भाषा, संस्कार, संस्कृति र पहिचानलाई जिउदो राख्ने उदेश्यले गायक तथा संगीतकार राजेन्द्र केरुङ लिम्बुले आफ्नो लिम्बू सांस्कृतिक मुलक भिडियो संग्रह ‘ मिङ्सो ‘ भित्र ”फुङ ईनु सेवा चोगीरो” समाबेस गरेका हुन् ।

सांगीतिक क्षेत्रमा निक्कै सम्भावना बोकेका प्रतिभाशाली गायक तथा संगीतकार राजेन्द्र केरुङले नेपालका १६ औं राष्ट्रिय बिभुती महान समाज सुधारक महागुरु फाल्गुनन्दको जीवन दर्शन , उनले किराँत समुदाय प्रती देखाएको ज्ञान , शिक्षामै आधारित रहेर ‘फुङ ईनु सेवा’ गीत प्रस्तुत गरेका छन्।

यस म्युजिक भिडियोमा राजकुमार आङ्देम्बे , मौसम कन्दङ्वा लगायतको अभिनय रहेको छ भने शब्द तथा म्युजिक यादम नुनाम सेर्मा , सुमन योन्जनको क्यामेरा र लोकेन साँबा लिम्बुले निर्देशन गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *