‘गदर २’ र ‘ओह माइ गड २’ कस्ले कति ओपनिङ गर्ने 

२२ साउन , काठमाडौं : सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’ शुक्रबार देखि भारतसहित विश्वभर रिलिज हुँदैछन् ।

अहिलेसम्मको टिकट बिक्रीको ट्रेण्ड हेर्दा ‘ओह माइ गड २’ सनी देओलको ‘गदर २’ को तुलनामा पछाडि देखिन्छ । फिल्म रिलिज हुन चार दिन बाँकी रहँदा भारतमा गदर २ को ६१ हजारभन्दा बढी टिकट बुकिङ भएको छ भने अक्षयको ‘ओह माइ गड २’ को सोमबारसम्म करिब नौ हजार टिकट बुकिङ भएको छ ।
त्यस्तैयरी ‘ओह माइ गड २’ १५ सय स्क्रिनमा रिलिज हुँदैछ भने ‘गदर २’ ले ३५ सय स्क्रिनमा रिलिज हुँदैछ । टिकट बुकिङको ट्रेण्ड हेर्दा ओह माइ गड २ ले आठ करोड र गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *