खोटाङको केपीलासगढी गाउँपालिकामा आगलागी हुँदा १० भन्दा बढि टहरा जलेर नष्ट

खोटाङ, ६ पुस – खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा १० भन्दा बढि टहरा जलेर नष्ट भएका छन् । बुधबार राति भएको आगलागीमा बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएका १० भन्दा बढी टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

बजारको बिचमा रहेका टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुन पाएन । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *