कोशी सरकारमा स्वास्थ्य मन्त्रीमा जसपाकी निर्मला लिम्बुलाई नियुक्त गर्ने

२६ साउन , काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाका अनुसार जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालय मन्त्री नियुक्त गर्न लागिएको छ भने उनको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *