कोशी मुख्यमन्त्री विरुद्ध रिट ‘सुन्न पाइँदैन’

१५ भदौ, काठमाडौँ : कोशी प्रदेश सरकारका मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई ‘सुन्न पाइँदैन’ सूचीमा राखिएको छ ।

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटमाथि सुनुवाइका लागि तोकिएको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइमा भदौ २४ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । खतिवडाको इजलासमा रिट पुन: सुनुवाइका लागि तोकिएपछि रिटलाई ‘सुन्न सकिँदैन’को सूचीमा राखिएको थियो ।

भदौ २४ गते अन्तरिम आदेशपछि रिटको सुनुवाइ भदौ १ गते हुने भएको थियो । थापाले भदौ २१ गते विश्वासको मत लिँदा प्रदेशसभाका अध्यक्षसमेत रहेका कांग्रेस सांसद इसराइली मन्सुरीको मत लिएर बहुमत ल्याएका थिए । त्यसविरुद्ध पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *