कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे सपथ ग्रहण

२३ भदौ, काठमाडौँ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुका साथै कार्कीलाई सपथ गराए । बिहीबार सर्वोच्च अदालतले उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदबाट बर्खास्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम थापा पदमुक्त भएपछि कार्की प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमालेका प्रमुख सचेतक रेवती रावण भण्डारीका अनुसार तिलकुमार मिन्याङ्बोलाई ऊर्जा तथा सिँचाइमन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास, पञ्चकर्ण राईलाई वनमन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *