कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

काठमाडौं। एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिएका थिए । उनको विपक्षमा ४३ मत परे ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए ।

जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *