केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टिममा ?

फागुन १० काठमाडौ,आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

पारसको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललार्इ दिइएको छ। यस्तै मोहम्मद आरिफ सेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ सेख र सागर पुन रहेका छन्।

यसैगरी भुवन कार्की, शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनिल धमला र दिपेन्द्रसिंह ऐरी पनि टिममा सबाबेस छन् । यस्तै बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टिममा परेका छन्।

आइसीसी प्रतिनिधि भेन्काटापथी राजु, नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले १९ सदस्यीय नेपाली क्रिकेट टोलीको छनोट गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *