कुल चार हजार ५४ हेक्टरमा सुपारी उत्पादनहुदाँ दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन

२४ साउन , काठमाडौँ : कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ ।

धान उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’ को उर्वर जिल्लाका रुपमा चिनिन्छ ।

अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् ।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदा उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेकोले झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरेको मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीले बताएका छन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको छ भने झापामा दुई हजार सात सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएकोमा आव २०७९/८० मा १० हजार तीन सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको र झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *