कुलमानलाई विफल बनाउदै राजनीतिक दल, हिउदमा लोडसेडिङ्ग हुन सक्ने

काठमाडौं २१ असार- उज्यालो नेपाल अभियानमा लागेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका रणनीतिहरु विस्तारै असफल हुर्दै गएका छन् ।

उनले राम्रो काम गर्न खोजेपनि सरकारले नै असहयोग गरेपछि बिजुली खपत गर्ने र ऊर्जा दक्षता बढाउने उनका योजनाले फेल खादै गएका हुन । यतिबेला एलईडी चिम ल्याउने कुलमानको योजना अलपत्र परेको छ । सरकारले असहयोग गरेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट २ करोड थान एलईडी चिम नल्याउने मनस्थिति पुगेको उनी निकट स्रोत बताउँछ ।

विद्युत प्राधिकरणले सस्तो मूल्यमा भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएससी) बाट बल्ब खरिद गर्न लागेको थियो । यसका लागि विद्युत प्राधिकरण र भारतको ईईएससीबाट एलईडी चिम खरिद गर्ने विषयमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर समेत भएको छ ।

२ करोड थान एलईडी चिम जडान भएपछि बिजुली खपत १५० मेगावाट कम हुने अनुमानका आधारमा आउँदो हिउँदलाई लक्षित गरी विद्युत प्राधिकरणले चिम ल्याउन लागेको थियो ।

चिम ल्याउन सकारात्मक भन्दा बढी नकरात्मक चासो र विभिन्न निकायले बोलाएर सोधपुछ गरेर हैरान पारेपछि घिसिङले यो कामलाई रोकेको समाचार शुत्रको दावी छ । यसले हिउँदामा लोडसेडिङ हुने निश्चित देखिने न्युज अभियानमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *