किरात राई यायोख्खा कुवेतमा मन्जित राई

kuwetकुवेत ८ जेठ-किरात राई यायोख्खा कुवेतले किरातीहरुको महान चाड उभौली येलेदोङ ५०७७ औं  मनाएको छ । किरात समुदायमा बाली लगाउने समयमा चराचुरुङ्गीको वास पनि लेक तिर सर्ने भएकोले किरातीहरुले  उभौली पर्व र मंसिरको समयमा खेती बाली उठाउने समयमा अन्न पात राम्रोसँग भएको भनी धन्यवाद चढाउँदै उधौंली पर्व परपुर्वकालको देखि नै मनाउँदै आइरहेको र किरात समुदायमा माइती र चेली तथा आफन्तहरुसंग भेटघाट गरेर दु:ख-सुख साटासाट गर्ने गरेको पनि पाइन्छ ।

कुबेतको पपिन्स हल अब्बासियामा मनाएको येलेदोङ मा किरात राई यायोख्खा कुवेतको प्रथम अधिवेसन पनि सम्पन्न गरेको छ । किरात राई यायोख्खा कुवेतको प्रथम अधिवेशनले मन्जित चाम्लिङ राईको अध्यक्षतामा ६१ सदस्यिय नयाँ कार्य समिति समेत चयन गरेको छ । १४ मार्च २०१४ मा आधिकारिक रुपमा गठन भएको किरात राई यायोख्खा कुवेतले विभिन्न सामाजिक तथा साँस्कृतिक कृयाकलापहरु गर्दै आएको छ ।

कुवेतको आब्बासिया स्थित पपिन्स हलमा आयोजित कार्यक्रम कार्यवाहक अध्यक्ष श्रीमती नैनकला राईको सभापतित्व तथा नेपाली दूतावास कुवेतका कार्यबाहक राजदूत श्रीमती विन्दिराशंकर जोशीको प्रमुख अतिथ्यता र विशेष अतिथि नेपाली दूतावासका द्वितीय सचिव भोगेन्द्र लिङ्देनको रहेका थिए । साथमा कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी ,समाजसेवी ,खेलाडी ,पत्रकार , कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष कोशराज राई र महासचिव सुधीर राईले संचालन गरेका थिए ।

प्रमुख अतिथि,सभापति र विशेष अतिथिले संयुक्त रूपमा पानासमा दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य यायोक्खाका सदस्य माया साम्पाङ राईले दिएकी थिईन् ।

यहि अवसरमा नेपालको पुर्वमा प्रचालित साकेला सिली नाच यायोक्खाका कलाकारहरुले नाचका साथै कलाकारहरु सौगात राई, कविता राई र सविन दुमी राई र नेहा राईले युगल नृत्य तथा राजकुमार आठपहरिया राई र राजु थापामगरले एकल गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए

किरात राई यायोक्खा केन्द्र तथा विभिन्न प्रवास शाखाहरुले किरात राई यायोक्खा कुवेतलाई उभौली पर्वको साथमा प्रथम अधिवेशनको लागी  पठाएको   शुभकामना सन्देश समेत वाचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायत तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने , कुवेतनेपाल डट्कमका प्रधानसम्पादक जय आले , तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ, सुनुवार सेवा समाजका सल्लाहकार टिकाराम सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यायोक्खाका संरक्षक तथा संस्थापक अध्यक्ष अमीत चाम्लिङ राईले किरात समुदायको इतिहास र ५०७७ वर्ष पुरानो भएको प्रष्ट पार्दै राज्य सत्ताले विभिन्न कालखण्डमा किरात समुदाय माथि भएको दमन र त्यस विरुद्धको प्रतिगमनको चर्चा गर्दै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि आफ्नो हक अधिकार सुनिस्चित र संविधानमा प्रष्ट रुपमा ब्याख्या नभएको तर्क प्रस्तुत गरे । उनले अहिले देशमा स्थानीय निकायको चुनाव चलिरहेको भएपनि सरकारले सिंहदरबार गाउँमा आएको घोषणा गरेको अवस्थामा पनि किरातीहरुको हक र अधिकार सुनिश्चि हुन नसकेको र लाखौं नेपाली विदेशिन वाध्य भएको उल्लेख गरे । कार्यक्रममा यायोक्खा कुवेतलाई हरेक तह तप्कामा रहेर अहोरात्र खटी यायोक्खालाई योगदान दिने पदाधिकारी , कलाकार , खेलाडी लगायतलाई कदारपत्र र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

किरात राई यायोख्खा कुवेतको नयाँ कार्यसमिति निम्न अनुसार गठन गरियो

संरक्षक/सस्थापक
अमीत चाम्लिङ राई

प्रमुख सल्लाहकार
रमेश किराँती (चट्याङ)

सल्लाकार
राज कुमार राई
उमेश राई

अध्यक्ष
मन्जित चाम्लिङ राई

बरिस्ठ उपाध्यक्ष
नैनकला राई

उपाध्यक्ष
कोशराज बान्तवा राई
उमेश राई

महासचिव
सुधीर बान्तवा राई

सचिव
पर्वत चाम्लिङ राई

सह-सचिव
कविता बन्तवा राई

कोषाध्यक्ष
अमृत राई

सह-कोषाध्यक्ष
माया साम्पाङ राई

खेल प्रमुख
मोहन नाछिरिङ राई ।

उप-प्रमुख
रविन थुलुङ राई

सांस्कृतिक कलाकार प्रमुख
निर्मला राई

उप-प्रमुख
रिदम बोखिम राई

साकेला सिली संयोजक
पर्वत चाम्लिङ राई

उपसंयोजक
सौगात राई/प्रकाश चाम्लिङ राई

संगठन विभाग प्रमुख
मीन चाम्लिङ राई
उप-प्रमुख राजन चाम्लिङ राई

सदस्यहरु :-
दिल कुमारी राई,बिष्णु नाछिरिङ राई,कबिता लोहोरुङ राई,माया कोयु राई,अनिता खालिङ राई,माया कोयु राई,सुनिता रुपाबुङ राई,नुमा राई,सविन दुमी राई,राजन राई,सुरज राई,भरत राई,सुमन राई,दिक्षा राई,निशा राई,संगिता राई,गिता चाम्लिङ राई,निरु छिलिङ राई,समिक्षा राई,बिनु बोखिम राई,कमला राई,एकराज राई,राजकुमार आठपरिया राई,युबराज राई,प्रेम बन्तवा राई,चण्डीराज राई,महेन्द्र राई,नेहा राई,भुमिराज राई,सुरेश राई,दिल कुमार राई,मणिकुमार राई,सत्यकला राई,दशरथ राई,कुमारी राई,सुजता राई,जुना राई,माया चाम्लिङ राई,शान्ति राई,प्रकाश थुलुङ राई आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *