किरात राई यायोख्खाको झण्डा ओढाई सम्मान श्रदाञ्जलि प्रकट गरिएको सवालमा सामाजिक संजालमा उठेको जिज्ञासा र स्पष्टोक्ति

काठमाडौ- किरात राई यायोख्खा वुटवलका संस्थापक, किरात राई यायोख्खाको पुर्व केन्द्रिय सदस्य तथा नेपाल प्रहरीको पुर्व डिआईजी चन्द्रवीर राईको पार्थिव शरीरमा किरात राई यायोख्खाको झण्डा ओढाएको सन्दर्भलाई लिएर सामाजिक संजालमा उठेको विरोधको किरात राई यायोख्खाको केन्द्रिय उप-महासचिव जनक राईले स्पष्टिकरण दिएका छन् । स्वर्गीय चन्द्रवीर राई ९० बर्षको उमेरमा दिवंगत भएका हुन् ।

स्वर्गीय चन्द्रवीर राईले किरात राई यायोक्खामा आवद्ध रहेर समुदायको लागि पुर्याएको योगदानको कदर गर्दै पशुपती आर्यघाटमा अन्तष्ठी गर्नु अघि किरात राई यायोक्खाका का.वा. अध्यक्ष दिवस राई र यायोक्खाका पूर्व उपाध्यक्ष राजबहादुर राईले निजको पार्थिव शरिरमा झण्डा ओढाएर किरात राई यायोक्खाको तर्फबाट सम्मान र श्रद्धान्जलि प्रकट गरेका थिए, भने यायोक्खाका केन्द्रीय उपाध्यक्ष अशोक दुमी राई, महासचिव जिवन हाताचो राई, उपमहासचिव जनक राई र केन्द्रीय सदस्य हेमन्त कुमार राईले फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । श्रदाञ्जलिकै क्रममा नेपाल प्रहरीको उच्च ओहदा प्रहरी नायव महानीरिक्षक पदमा रहेर काम गरिसक्नु भएकोले नेपाल प्रहरीको तर्फबाट पनि प्रहरी व्याण्डले सोक धुन प्रस्तुत गरि श्रदाञ्जलि र सम्मान प्रकट गरेको थियो ।
किरात राईहरुको संस्कार अनुसार आफ्नै माटोमा लासलाई गाढ्ने चलन हुदाहुदै पनि पशुपती आर्यघाटमा लगेर जालाईएको र किरात राई यायोख्खाले स्वर्गीय चन्द्रवीर राईको पार्थिव शरीरमा किरात राई यायोख्खाको झण्डा ओढाएकोमा सामाजिक संजालमा विरोध आएपछि किरात राई यायोख्खाका उप-महासचिव जनक राईले स्पष्टी दिएका छन् ।

किरात राई यायोख्खाको उप-महासचिव जनक राईद्वारा दीइएको स्पष्टिकरण यस्तो छ
झण्डा ओढाउने परम्परा
किरात राई यायोक्खाले किरात राई यायोक्खाको केन्द्रीय कार्यसमितिमा रहेर योगदान पुरयाउने पूर्व र कार्यरत पदाधिकारी सदस्यज्यूहरु दिवंगत हुनु भएको खण्डमा र किरात राई यायोक्खालाई मलामीको लागि जानकारी भएको खण्डमा किरात राई यायोक्खाको तर्फबाट मलामीमा सहभागि भई निज मृतक व्याक्तिले संस्था र समुदायमा पुरयाएको योगदानको सम्मान स्वरुप अन्त्येष्ठिमा यायोक्खाको झण्डा ओढाई सम्मान र श्रद्धान्जलि प्रकट गर्ने र निजको परिवारमा समवेदना प्रकट गर्ने परम्परा रहिआएको छ । योगदानकै क्रममा निज चन्द्रवीर राईले किरात राई यायोक्खा अन्तर्गत बुटवलमा संस्थापक सदस्यको रुपमा रहि बुटबलमा रहेका किरात राई हरुलाई संगठित गर्ने गराउने देखि साकेला थान स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु भएको थियो भने किरात राई यायोक्खाको केन्द्रीय कार्यसमितिमा रहेर समुदायमा योगदान पुर्याउने पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । वहाँ ९० बर्षको उमेरमा ग्राण्डि हस्पिटलमा दिवंगत हुनु भएको र अन्तेष्ठी हुनुभन्दा २ घण्टा अगाडि मात्र यायोक्खालाई मलामीको लागि जानकारी आएकोले आर्यघाटमा गई यायोक्खाको तर्फबाट झण्डा ओढाएर यायोक्खाले सम्मान सहित श्रद्धान्जलि प्रकट गरेको हो । अन्त्यष्ठिको क्रममा निज पूर्व डिआईजि चन्द्रवीर राईलाई नेपाल प्रहरीले पनि प्रहरी संगठनको झण्डा ओढाई श्रद्धा सम्मान प्रकट गरेको थियो भने नेपाल प्रहरीको व्याण्डले सोक धुन प्रस्तुत गरेको थियो ।

ओढाईएको झण्डा जलाईन्छ वा गाडिन्छ ?
कुनैपनि व्याक्तिलाई श्रद्धान्जलि र सम्मान स्वरुप प्रदान गरिएको झण्डा गाडिँदैन पनि र जलाईन्दैन पनि । यो झण्डा स सम्मान निजको घरमा आफन्तले लगेर चिनो र सम्मान स्वरुप राख्ने चलन रहिआएको छ र यो पाली ओढाईएको झण्डा पनि दिवंगत चन्द्रवीर राईको छोरीले स-सम्मान घरमा लिएर जानु भएको छ । यो झण्डालाई वहाँले सुरक्षित र स सम्मान घरमा राख्नु हुनेछ ।

काठमाडौंमा किरात राई समुदायले दिवंगत व्याक्तिको अन्त्यष्ठी कसरी गर्दै आएको छ ?
मौलिक मुन्दुम दर्शन अनुसार किरात राई समुदायले दिवंगत व्याक्तिको सवलाई अन्त्यष्ठी गर्दा जमिन खनेर गाड्ने परम्परा रहि आएको छ र काठमाडौं उपत्यकाको हकमा पशुपतिको बनकालीको जंगल रहेको छ तथापि कतिपय राईहरुको जलाउने परम्परा पनि देखिएकोले जलाउँदै आएको पाईन्छ भने कतिपय परिवार वा मृतकको चाहना नै जलाउने रहेको हुन्छ तर यति हुँदाहँदै पनि अन्त्यष्ठिको लागि अगाडिनै किरात राई यायोक्खाको विभिन्न समितिमा सम्पर्कमा आउनुहुने किरात राईहरुको अन्त्यष्ठिमा मौलिक संस्कार अनुसार सव गाडनको लागि यायोक्खाले सहयोग गर्दै आएको छ । काठमाडौंको हकमा सब गाडनको लागि नीजि जग्गा जमिन नहुने र भए पनि गाड्न सम्भव नहुने भएकोले सम्भव हुने कतिपयले हेलीकेप्टर चार्टर गरेर वा सव बाहन मार्फत गाउँ लाने गरेको पाईन्छ । अर्को विकल्प भनेको पशुपतिमा रहेको सबदहन गृह (बिजुली मार्फत) हो र कतिपयले यो बिकल्प पनि प्रयोग गरेको पाईन्छ । दिवंगत चन्द्रवीर राईको परिवारले सबदहन गृह (बिजुली मार्फत) अन्त्यष्ठी गर्न खोज्नु भएको तर ९ वटा सब पछि मात्र पालो आउने भएको र एउटा सबको अन्त्यष्ठिको लागि न्यूनतम समय ४५ मिनेट लाग्ने भएकोले पर्खनलाई धेरै समय लाग्ने भएकोले आर्यघाटमा जलाउने बिकल्प रोज्नु भएको हो ।

अन्त्यमा
किरात राई यायोक्खा किरात राई जातिको साझा सर्वोच्च संस्था हो । किरात राई समुदायमा परेको आपत, बिपद, दुखमा किरात राई यायोक्खाले साथ, सहयोग र सहभागिता जनाउँदै आएको छ र आगामि दिनमा पनि गर्नुपर्दछ । त्यसमाथि किरात राई यायोक्खा बुटवलमा रहेर योगदान गर्दै किरात राई यायोक्खाको केन्द्रीय कार्यसमितिमा रहेर योगदान दिनु भएका चन्द्रवीर राई जस्तो अग्रज (जो नेपाल प्रहरिको पूर्व डिआईजि पनि हुन) को निधन हुनु भनेको किरात राई समुदायको लागि क्षति हो । वहाँको दुखद निधन भएको खवर दुई घण्टा अगाडि किरात राई यायोक्खामा जानकारी भयो । वहाँको अन्त्यष्ठिको सम्पूर्ण व्यवस्थापन वहाँको परिवारजन र आफन्तले नै गर्नु भएको हो र परिवारको चाहना अनुसार भौतिक शरीरलाई सवदाह गृहमा (बिजुली बाट जलाउने) मा अन्त्यष्ठी गर्ने तयारी भएपनि क्यू मा बस्नुपर्ने भएकोकारण रात पर्ने देखिएकोले आर्यघाटमा जलाउने निधो गर्नु भएको हो । र वहाँले संस्थामा रहेर पुर्याउनु भएको योगदान स्वरुप किरात राई यायोक्खाको परम्परा अनुसार वहाँलाई झण्डा ओढाएर सम्मान र श्रदाञ्जलि प्रकट गरिएको हो । संस्थाको तर्फबाट यो वहाँ प्रतिको सम्मान हो ।

यो सांस्कृतिक बिषयमा सामाजिक संजाल मार्फत जो जसले टिका टिप्पणि र बिचार व्यक्त गर्नुभएको छ यो सस्कृती संरक्षणको लागि स्वागतयोग्य कुरा नै हो तथापि वास्तबिकता नबुझि गरिएको टिका टिप्पणिले अन्ततोगत्वा कसैलाई पनि फाईदा नगर्ने भएकोले मेरो व्याक्तिगत तर्फबाट केही प्रष्ट पार्नुपर्ने आवश्यकतालाई महसुस गर्दै यो स्पष्टोक्ति सहित यहि अनुसार बुझिदिन हुन अनुरोध छ ।

सेवा
जनक राई
उपमहासचिव
किराया केकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *