किरात राई पत्रकार संघको १६ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम -२०८०

१४ असोज, काठमाडौँ : किरात राई पत्रकार संघको १६ औं स्थापना दिवसको अवसरमा पत्रकारहरु सम्मानित भएका छन् । मोफसलमा रहेर सक्रिय पत्रकारीता गर्दै आएका पत्रकारहरु कुम्भराज राई र गजेन्द्र राई सम्मानित भएका हुन् । पत्रकार कुम्भराज राई ओखलढुंगामा रहेर कान्तिपुर दैनिक संग आबद्ध छन् भने गजेन्द्र राई उदयपुरमा रहेर रेडियो नेपाल संग आबद्ध छन् ।

किरात राई यायोक्खाको केन्द्रिय कार्यलय स्थित सुम्निमा हलमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष जीवन हाताचो , फोनिजका अध्यक्ष तथा नेपाल टेलिभिजनका समाचार वाचक / सम्पादक गजुरधन राई लगायत अतिथिहरुले नगद र सम्मान पत्र सहित सम्मान गरेका छन् ।

कार्यक्रम किरात राई पत्रकार संघका अध्यक्ष अवतार राइको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *