काेशीकाे प्रदेशसभा बैठक आज बस्दै

१ भदौ, काठमाडौँ : गत असार १५ गते स्थगित भएको कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् । भने बैठकमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन र प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।
त्यस्तै, आजैबाट २०८०र८१ को बजेट अध्यादेश सम्बन्धी छलफल पनि गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *