कान्तिपुर फिल्म एकेडेमीले ‘ब्रह्माण्ड’ तीन भाषामा रिलिज गराउने

६ भदौ, काठमाडौँ : कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण गरेको सिरिज ‘ब्रह्माण्ड’ नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ । भने निर्माण युनिटले तीन भाषामै सिरिजको टिजर सार्वजनिक गरेको जानकारी दिएका छन् ।

अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको अभिनय रहेको यस सिरिजमा सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दै छन् ।

रियाज नाटक्कारद्धरा निर्देशित यस सिरिज जम्मा ८ भागमा निर्माण भएको छ भने प्रत्येक भाग एक(एक घण्टाको हुनेछ । त्यस्तै, सिरिजका क्रिएटिव प्रोड्यूसर एकेडेमीका सिईओ प्रकाश पुरी रहेका छन् भने पुरुषोत्तम प्रधानको छायाङ्कन र सागरराज आचार्य कार्यकारी निर्माता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *