कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा दोर्जे लामाले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका जिल्लामध्ये सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आगामी फागुन २७–२८ मा हुने भएको छ ।

जिल्ला सभापतिमा नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा उम्मेदवारी दिने भएका छन् ।

दोर्जे लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुँदै आईरहेका छन् । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित छन् ।

सभापतिका उम्मेदवारहरुले प्रचार प्रसार तीब्र बनाएका छन् । इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल संस्थापनइत्तर समूहका नेता हुन् । दोर्जेलाई संस्थापन समूहका नेता मानिन्छन् ।

अधिवेशनको सबै तयारी लगभग पूरा भएको जिल्ला सभापति विकास लामाले बताए । २७ गते मनोनयन दर्ता गरेर २८ गते सदरमुकाम चौतारामा निर्वाचन सम्पन्न गराउने कार्यतालिका छ ।

लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *