कांग्रेस प्रचार विभाग प्रमुखमा मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसले नेता मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनित गरेको छ । पूर्व सांसदसमेत रहेका नेता विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्।

दलित संघको अध्यक्षसमेत रहेका नेता विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले आफु निकट रहेका विश्वकर्मालाई विभागमा गरेको यो पहिलो नियुक्ती हो।

महाधिवेशन भएको ६ महिना भित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानमा व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *