कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनयन

४ असोज, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको छ ।

नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । उनीहरुलाई कांग्रेसको केन्द्रीय समिति बैठकमा मनोनयन गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संविधान, २०७४ को धारा २१ (१०) को दशौं संशोधन बमोजिम केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रे पलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) । अनिलकुमार रुङ्गटा (पर्सा) केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *