कमल थापालाई उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिईने

फागुन २६ काठमाडौ, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिईने भएको छ । स्रोतका अनुसार थापालाई बिहीबार साँझसम्म सपथ ग्रहण गराउने तयारी भइरहेको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरी आफूलाई सुरक्षित गराउन लागेका हुन् ।

स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापा निवासमा गएर सरकारमा सहभागी नहुन आग्रह गरे लगत्तै, थापाले बालुवाटारमा गएर प्रधानमन्त्री प्रचण्ड संग भेटवार्ता गरी सरकारमा सहभागी हुने समझदारी बनाएका हुन्। मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकारमा सहभागी हुने जानकारी गराएको स्रोतले जनाएको छ।

काँग्रेस र माओवादी केन्द्रका एक–एक जना मन्त्रीलाई हटाएर राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने योजना रहेको छ । राप्रपाबाट थापासहित अर्का एक नेतालाई मन्त्री बनाउने तयारी भइरहेको जनाईएको छ। प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएको पशुपंक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय एक मन्त्रालयको जिम्मेवारी फोरम लोकतान्त्रिकबाट सिफारिस हुने नेतालाई दिइने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *