एसएसबीको ज्याद्दती बिरुद्ध सयौ युवाहरु भारतीय नाका गौरीफन्टा पुगे

फागुन २७ धनगढी, भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।nepal

अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। बिहीबार पुनर्वास ८ आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा, भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली चलाउदा गोविन्द गौतमको निधन भएको थियो ।

भारतीय सुरक्षाकर्मीको गोलीबाट ६ जना घाइते छन्। बुधबार राति एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। भारतीय सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाईते भएका सुरेश थापाको सेती अञ्चल अस्पतालमा उपचार भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *