एमालेले नागरिकता विधेयकको देशभर विरोध गर्ने

काठ​माडौँ । नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ।

शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ।

पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय विधेयकलाई नयाँ प्रतिनिधिसभा गठन भएका वेला मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान भएको बताए।

उनले यो कदमले संसद्को विशेषाधिकार हनन भएको र पार्टीले असंवैधानिक कदमको देशभर विरोध गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *