एनसेल टावरहरुमा आगजनी

काठमाडौं १ फागुन- नेपाल कम्युनिष्ट पार्टिले एनसेल टावरहरुमा आगजनी गरेको छ । कर तिर्न अानाकानी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एनसेलका टावरमा अागजनी गरेको हो ।

एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यसपछि एनसेलले सम्पूर्ण बाँकी कर तिर्ने प्रतिवद्धता गरेको थियो । एक वर्षसम्म पनि बाँकी कर नतिरेपछि नेकपाले पुनः अागजनी सुरु गरेको नेपाल कम्युनिष्ट पार्टिले जनाएको छ ।

सोमबार राति काठमाडौंका दुई, भत्तपुरमा एउटा, ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको टावर, धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडास्थित रहेको टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, चितवनको सौराहमा बछेनस्थित टावरमा अागजनी भएको छ ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, कैलालीको टिकापुर र जानकीनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी भएको छ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ । मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावरमा पनि क्षति पुगेको जनाईएको छ ।

एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले पटकपटक कर तिर्न आग्रह गर्दै आएको थियो । ती क्षेत्रहरुमा एनसेलको सेवा अवरुद्ध भएको बताइएको छ ।

onlinedabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *