एनआरएनए युके महिला संयोजकमा सेलिङको उम्मेदवारी

काठमाडौं १९ साउन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युके महिला संयोजकमा कवि तथा गीतकार लीला सेलिङ माबोले उम्मेदवारी घोषणा गरेकी छन् ।

समाजसेवीसमेत रहेकी माबोले लन्डनमा रहेको फेलथाममा पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बरमा हुने एनआएनए युके महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

एनआरएनए युके च्यारिटी विभागमा रहेर काम गरिसकेकी उनले महिला संयोजकमा निर्वाचित भए प्रवासमा रहेका नेपाली महिलाले भोग्नुपरेको विविध समस्याविरुद्ध अभियान सञ्चालन गर्ने योजना सुनाइन् । उनले नेपालका ग्रामीण भेगमा बसोबास गर्ने महिलाका स्वास्थ्य सुधारको काम गर्ने योजना अघि सारेकी छन् ।

साइकोलोजी एन्ड क्रिमिनोलोजीमा स्नातकोत्तर डेन्टल नर्सका रूपमा परिचित उनको ‘लाहुरेनी पीडा’ नामक कवितासंग्रह सार्वजनिक छ । लिम्बू तथा नेपाली भाषाका आधा दर्जन गीत रेकर्ड गराइसकेकी उनी सुन–चाँदी व्यवसायी पनि हुन् ।
किरात याक्थुङ चुम्लुङ युके उपाध्यक्ष लीला सेलिङ माबोले आधा दर्जन बढी संघ–संस्थामा काम गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *