काठमाडौँ २४ चैत्र, कांग्रेस नेता, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको पद वैशाख मसान्त सम्म मात्रै रहेको बताएका छन् ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमतिअनुसार दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने निधिको भनाइ छ । यसपालि सत्ताको अवधि प्रचण्डजीको कति अवधिसम्म, शेरबहादुरजी कति हुने लिखित सम्झौता भएकोले अब प्रचण्डजिले वैशाख मसान्त सम्म मात्रै पदमा बस्न पाउने दाबि गरे ।’
निधिले स्थानीय तहको चुनाव घोषणा भएको अवस्थामा दाहाललाई वैशाख मसान्तसम्मको अवधि लम्बिएको उल्लेख गरे । वैशाख ३१ तोकिएको निर्वाचन सम्पन्न भएलगत्तै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।
निधिले सरकारमा दोस्रो वरीयताको विवाद रहेको स्वीकार गर्दै प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले २०४६ सालपछिको परिवर्तनपछि संवैधानिकरुपमै त्यसअघिका जिम्मेवारीबारे संशोधन गरेकाले अर्का उपप्रधानमन्त्री कमल थापाभन्दा आफू सिनियर रहेको घुमाउरो जवाफ दिए ।