उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि आगामी सोमबार भारत भ्रमणमा जाने

फागुन २९ काठमाडौ,उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि आगामी सोमबार भारत भ्रमणमा जाने भएकाछन् । भारतीय जनता पार्टी निकट इन्डिया फाउण्डेशनद्धारा चैत १ देखि ३ सम्म हुने आयोजित आतंकवादविरुद्धको सम्मेलनमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

हरियाणामा आयोजना हुने उक्त सम्मेलनलाई सम्बोधन गरेपछि उपप्रधानमन्त्री निधि दिल्ली पुगेर उच्चस्तरीय भेटवार्ता गर्ने बताईएको छ ।

निधिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भाजपा अध्यक्ष अमित शाह, कंग्रेस अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीसँग भेट्ने कार्यक्रम रहेको बताईएको छ ।राष्ट्रपति प्रणब मुखर्जीसँग भेटवार्ता हुने वा नहुने बारेमा अहिले कुनै टुंगो नभएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *