उदयपुरमा टिपरको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

२८ भदौ, काठमाडौँ : उदयपुरको जमिरेमा बुधबार टिपरको ठक्करबाट सहायक निरीक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भागलपुर प्रहरी चौकीका प्रमुख सहायक निरीक्षक श्रीकुमार बस्नेत रहेका छन् । बस्नेत मोटरसाइकलमा जिल्ला प्रहरी कार्यालयको मासिक बैठकबाट भागलपुर प्रहरी चौकी फर्कदै गर्दा ना ४ ख ६१८३ नम्बरको टिपरले ठक्कर दिएको हो ।

बुधबार दिउँसो १ः३० बजे बस्नेतलाई ट्रकले ठक्कर दिएको थियो । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टिपर चालक विशाल परियार र टिपरलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *