इन्द्रजात्राको अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

११ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र भावनात्मक बन्धनको प्रवद्र्धन गरी सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्नु अहिलेको राष्ट्रिय एजेण्डा भएको बताउनुभएको छ ।

इन्द्रजात्रा पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले संविधानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सद्भावको अभिवृद्धि गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सबैलाई प्रेरणा दिने अपेक्षा गर्नुभएको छ । नेपाल बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त र अद्वितीय प्राकृतिक विशेषता भएको राष्ट्र भएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो सभ्यता, धर्म, संस्कृति, चाडपर्व र जीवनशैलीले हाम्रो समृद्ध इतिहास र वर्तमान झल्काउँछ । उनले नेपालको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सबै नेपाली नागरिकका लागि गौरवको विषय भएको स्मरण गराए ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने पर्व इन्द्रजात्रालाई विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायले ऐतिहासिक रूपमा मनाउने गरेका छन् । पर्वका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलगायत समस्त नेवार समुदायमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *