आलोक चाम्लिङ्ग राईले दिए १ लाख पचास हजारको पुरस्कार (भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ १५ असार- गीतकार तथा संगीतकार आलोक चाम्लिङ्ग राईको शब्द रचना रहेको “अजम्वरी मेरो माया” बोलको कभर सङ्ग कम्पिटिसनको विजेता हरुलाई पुरस्कार वितरण गरिएको छ । ललितपुरको सातदोबाटोस्थित अलग अभियानको हलमा एक कार्यक्रम गरेर विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो । “आलोक चाम्लिङ्ग राईको अभियान नव प्रतिभाको पहिचान” भन्ने मूल नारा लिएर २०१७ को जनवरी बाट गीतकार तथा संगीतकार आलोकले पहिलो सिजन सुरुवात गरेका थिए । आलोकले सुरुवात गरेको यो अभियानमा रोहन लिम्बु पहिलो विजेता बनेका थिए । पहिलो विजेता रोहनले ४० हजार नगद, प्रमाणपत्र र एउटा गीत निशुल्क रेकर्ड गराउने मौका पाएका थिए ।

सिजन २ मा भने,प्रतियोगी नम्बर ७२ रहेको सान्त राईले प्रथम हुदै १ लाख १० हजारको चेक,प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अवसर पाएका छन् । यस्तै सौरभ लाम्गादेले दोस्रो स्थान ओगोटेका छन् । दोस्रो भए संगै उनले जितेका छन् नगद रु ३० हजारको चेक र प्रमाणपत्र भने तेस्रो भएका छन् टिका मगर । तेस्रो भए संगै टिका मगरले नगद रु १० हजारको चेक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गीतकार तथा संगीतकार आलोकले नेपाली गीत-संगीतको क्षेत्रमा ठूलो योगदान दिदै आएका छन् । राजेश हमाल, सरोज खनाल, नवल खड्का, सरिता लामिछाने लगायत दर्जनौ कलाकारहरुलाई “जय जय नेपाल” बोलको गीतमा एकै साथ नचाएका आलोकको दर्जनौ गीतहरुलाई दर्शक स्रोताहरुले मन पराई सकेका छन् । यो अभियानलाई नेपालकै एक ठूलो प्लेटफर्मको रुपमा जग बसाउने निर्णय गरेका छन् । तेस्रो सिजनको लागी पनि आवेदन खुलेको जनाएका छन् गीतकार तथा संगीतकार आलोक चाम्लिङ्गले । तेस्रो सिजनमा विजेताले बजाज पल्सर, नगद ५ हजार प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अवसर पाउने छन् भने दोस्रो हुनेले नगद रु ५० हजार र प्रमाणपत्र अनि तेस्रो हुनेले नगद रु ३० हजार र प्रमाणपत्र पाउने आलोक चामलिङ्गले जनाएका छन् ।

वरिष्ठ गीतकार तथा कवि भुपाल राईको प्रमुख अतिथ्यमा सिजन २ को पुरस्कार वितरण कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा कुल्बा सुब्बा, मण्डल साम्पाङ्ग, सिडी विजय अधिकारी, निलम रोजु राई लगायत अन्य धेरैको उपस्थिति रहेका थियो ।
कार्यक्रमको नालीवेली भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *