आलोक चाम्लिङ्गको जय जय नेपाल गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

फागुन ५ काठमाडौ,गीतकार आलोक चाम्लिङ्गको जय जय नेपाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत सृजनामा गायक सीडी बिजय अधिकारी र मनिषा राईले स्वरदिएका छन् ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, सरोज खनाल,नवल खड्का, सरिता लामिछाने देखि एलिसा राई सम्मकालाई जय जय नेपाल गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

विशुद्ध राष्ट्र प्रति बफादार रहेर तयार पारिएको बोलको गीत हो जय जय नेपाल । नेपाली संगीत बजारमा जय जय नेपालले मनोरञ्जन, राष्ट्रियभावना आत्मीयता थप्ने गितकार आलोक चाम्लिङले जनाएका छन । पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको उक्त भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *