आना शर्मा ‘क्यामिनो’ मा प्रदीप खड्काको जोडी बन्दै

२१ साउन , काठमाडौं : दीपक वलीले निर्देशन गर्न लागिएको फिल्म ‘क्यामिनो’ मा प्रदीप खड्काको जोडीमा आना शर्मा जोडिएकी छन् ।

फिल्ममा प्रदीप ,आनाका साथमा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस समेत सहेका छन् ।

नीति शाहले यसअघि यस फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति जुटेको निर्देशक वलीले बताए ।

फिल्मको छायांकन केही सातामा फिलिपिन्सबाट सुरु हुने निर्देशक वलीले बताए । निर्माता र व्यानर हेरफेर हुँदा फिल्मको निर्माणमा ढिलाइ भएको थियो । भने अहिले यस फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ र अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।

‘अब दुई साताजतिमा सुटिङमा जाने तयारीमा छौं । मौसम र निर्माताको हेरफेर, नामसारीले ढिलाइ भयो,’ दीपकले भने । उनका अनुसार फिलिपिन्समा ४५ दिन रहेर फिल्म छायांकन हुनेछ । त्यसपछि तिहारपछि बाँकी छायांकन नेपालमा गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *