आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

१८ भदौ, काठमाडौँ : कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बाङ्गीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसिया, त्यसपछि बहराइन र भुटानलाई हराएको थियो । नेपालले समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

जितका लागि ७५ रनको लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा एक विकेट गुमाएर रन जोडेको थियो । नेपालको जितका लागि काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै, इन्दु बर्मा २० रन बनाएर अविजित रहिन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो । नेपालका लागि इन्दु शर्माले ३ विकेट लिए भने पूजा महतो र कविता जोशीले एक एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *