अस्पतालले सुनियोजित तरिकाले विरामीको हत्या गरेको भन्दै मृतकको परिवारद्वारा कारबाहीको माग

काठमाडौं, १४ असोज । धादिङ्को गजुरीमा असोज ५ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका २० वर्षीय एहशान मियाको निधन भएको छ । कलंकीस्थित् नेपाल नेसनल हस्पिटल उपचाररत मियाको सुनियोजित तरिकाले मृत्यु गराइएको भन्दै परिवारले कारबाहीको माग गरेको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलीदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका आफन्त मोहम्मद आलमले हस्पिटलले गाडी साहुसँग उपचार खर्च लिन्छौं भनेको तर साहुसँग नभेटाएको गुनासो गरे । उनले भने,‘गाडी साहुँसँग अस्पतालको पनि पक्कै नाता छ ।’ पहिला ठिक छ भन्दै गरेको र पछि अस्पतालले ‘ब्रेन–ह्याम्बे्रेज’ भइसेकको भनेर ठुलो अपराध गरेको बताए ।

उनले भने,‘अस्पतालले बिरामीको अवस्था गम्भीर भएको भए शल्यक्रिया किन गरायो ।’ उनले गाडी साहुसँग अस्पतालले छलफल गर्ने वातावरण गराइीदन माग गरे । कार्यक्रममा बोल्दै मृत्तकका आफन्त नासिर अन्सारीले अस्पतालले लास गन्हाएको छ शव लिएर जानु भनेर गल्ती गरेको भन्दै अस्पतालबारे छानबिन गर्न सरकारसँग माग गरे । उनले मृत्तकको परिवारको सबै खर्च गाडी साहु र अस्पतालले व्यहोर्नपर्ने माग गरे ।

मोहुम्मद सफिउल्लाहले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलिदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

त्यस्तै, अर्का वक्ता सञ्जय साहले कार्यक्रममा बोल्दै बस मालिकले पीडित परिवारलाई भेटेर सहयोग गर्नुपर्ने बताए । अस्पताल र डाक्टरहरुले माफी माग्नुपर्ने उनको भनाई थियो । अस्पतालले धेरै मानिसहरुमा यसरी आतंक मच्चाएको पनि उनले आरोप लगाए । मिया सवार ना ४७ प ५८३३ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको बा २ क ६४७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो तर, भेन्टिलेटरको अभावमा पछि उनलाई नेपाल नेसनल अस्पताल कलंकीमा पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *