अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि

काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो ।

भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् ।

दूतावासका अनुसार ई(भिसा) आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।

भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *