अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान देशमा धेरै किसिमका समस्या छ : माधवकुमार नेपाल

१६ साउन , काठमाडौँ : मंगलबार पार्टी निकट अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष साथै पूर्व प्रधानमनत्री समेत रहेका माधवकुमार नेपालले संविधानमा भएका अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान देशमा धेरै किसिमका समस्या रहेकोले नसकिएको बताएका छन् ।

अध्यक्ष नेपालले भने, ‘देशमा धेरै समस्याहरू छन् । ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । देश बनाउने भावनाले ओतप्रोत छैनौ , हामीले आफूलाईमात्र केन्द्र विन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्र विन्दुमा राखेका छैनौँ । धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिनेगरी संविधान बनाए पनि त्यो संविधान लागु गर्ने कुरामा कमी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *