अक्षय कुमार शिर्ष पात्रमा रहेको फिल्म ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक

१८ साउन , काठमाडौं : बुधबार सार्वजनिक हुने तयारीमा रहेको फिल्म ‘ओह माइ गड २’ को ट्रेलर बलिउडका कला निर्देशक नितिन देसाईको निधनको कारण
बिहिबार सार्वजनिक भएको छ । जसमा बलिउड अभिनेता अक्षय कुमार शिर्ष पात्रमा छन् ।

सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’ को दोस्रो श्रृंखला यस फिल्म सन्नी देओलको ‘गदर २’ सँगै साउन २६ गते रिलिज हुँदैछ ।
अमित रायद्वारा लिखित तथा निर्देशित यो फिल्ममा अक्षयका साथै पंकज त्रिपाठी, यामी गौतम र अरुण गोविलको पनि मुख्य भूमिका रहेको छ ।

सन् २००१ मा ‘गदर : एक प्रेम कथा’ बनाएका थिए, जुन ब्लकबस्टर भएको थियो र यस पटक सनी देओल र अमिषा पटेलको ‘गदर २’ सँग उक्त मितिमा अक्षय स्टारर यो फिल्मको ठूलो भिडन्त हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *