भारतबाट आयात गरिने विद्युत पुरानै डर रेटमा नविकरण

काठमाडौ, १३ पुस- नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने १६० मेगावाट विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभिए अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो । कात्तिक १० गते भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) सँग भएको खरिद सम्झौता यही डिसेम्बरमा सकिँदै थियो ।

सम्झौता नवीकरण भएसँगै अब थप ३ महिनाका लागि भारतबाट विद्युत् आयातको सुनिश्चितता भएको छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रतियुनिट ५.७५ रुपैयाँ (भारु ३.६०)मा एनभिभिएनसँग विद्युत् खरिद गर्दै आएको छ ।

यसअघि एनभिभिएनले पुस दोस्रो साताबाट नेपाललाई दिने विद्युतको महसुल बढाउने बताएको थियो । सम्झौतासँगै हिउँदमा लोडसेडिङ नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *