राम शरण महतले आफ्नो हार स्वीकार गर्दै, विजयी हित बहादुरलाई बधाई दिए

काठमाडौ, २४ मंसिर – आफ्नो पराजय पछि राम शरण महतले ट्विटरमा ट्विट गर्दै आफ्नो हारलाई सहर्ष स्वीकार गरेका छन् । आफ्नो ट्विटरमा ट्विट गर्दै उनले भनेका छन्, “बिगत २३ वर्षमा लगातार ४ पटकको बिजय पछि यस संसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै बिजयी हित बहादुर तामांगलाई बधाई र सुभकामना दिन्छु । मेरा मतदाता,शुभचिन्तक र पार्टी मित्रहरूको सहयोगको लागि धन्यबाद। लोकतांत्रिक विकास र आर्थिक सम्मुन्नतीको मेरो प्रतिबद्धता निरन्तर रहनेछ।”

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका थिए । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेका थिए ।

राम शरण महत चुनावी प्रचार प्रसारको क्रममा बम विष्फोटमा पनि परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *