ककनीमा दोस्रो म्याराथुन दौड प्रतियोगिता सम्पन्न

बिचारी चाम्लिङ्ग / काठमाडौ ३ मंसिर – विभिन्न मुलुकहरुमा गएर म्याराथुन दौड प्रतियोगिता गर्दै आईरहेको नेपाल म्याराथुन इम्प्याक्ट नामक संस्थाले यस पटक पनि नुवाकोट जिल्लाको पर्यटकिय स्थल ककनीस्थित श्री ककनी गणेश निमाविको प्राङ्गनबाट आफ्नो दौड यात्रा सुरु गरेका छन् । विभिन्न मुलुकहरुमा हुने यस्ताखाले दौड प्रतियोगिताले हाम्रो स्वस्थामा सुधार ल्याउने, प्राकृतिक संग रमाउने र नेपाललाई विश्व सामु चिनाउने यसको मुख्य उदेश्य हो।

दौडको शक्तिबाट कुनै पनि मुलुकको इम्प्याक्टमा परिवर्तन ल्याउने उदेश्यले यो खालको कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । यु एन ग्लोबल टिम संग सहकार्य गर्दै आगाडि बढ्ने तयारीमा छौं संथाका एक विज्ञले भने । उक्त संस्थाले नेपालमा रहेका संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको र नेपालका सडक बालबालिकाहरुलाई ठूलै सहयोग गर्दै आईरहेको पनि उनले बताए । म्याराथुन दौड प्रतियोगिता उद्घाटन समारोहमा ४२ किलो मिटरका दौड प्रतियोगीहरुलाई ए.पी. एफ. यु. एन. पी. टी. सी का समादेशक एसएसपी केबी ब्रम्हाह्चार्यले झण्डा हल्लाएर सुरुवात गरेका थिए । दोस्रो चरन २१ किलो मिटरको लागि ककनी गाउँ पालिकाका प्रमुख मान बहादुर लामाले सुरुवात गरेका थिए भने, तेस्रो चरन १० किलो मिटरको सुरुवात ककनी गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष राम थिङ्गले गरेका थिए ।

दौडलाई चुस्त र दुरुस्त पार्न र कार्यक्रमको कार्यहरु सुरक्षा अन्तरगतका सम्पर्ण जिम्मा ककनीस्थित शसत्र प्रहरी बल र ईलाका प्रहरी कार्यालय रानी पौवाले गरेका थिए । कार्यक्रमलाई सफल बनाउनमा ककनी खानेपानी समितिका अध्यक्ष शिवकुमार लामा, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका डिल्ली राई, ककनी गणेश निमाविका प्र.अ र क्रियाशील होटेल व्यावसायीहरु लागेका देखिन्थे । म्याराथुन दौड प्रतियोगीताले त्यस भेगका पर्यटन विकास, समाज परिवर्तन, समाज विकास र स्वस्थ रहनको लागि पनि दौडको आवश्यकता रहेको पर्यटन विकास समाजका अध्यक्ष शिवकुमार लामाले बताए ।

म्याराथुन प्रतियोगितामा बिदेशीहरुलाई हजार युएस देखि १५ सय युएस सम्म लीने गरिएता पनि, संस्थाका अधिकारीलाई हामीले अभिरुचिका साथ जिज्ञासा राख्दा उनले बताउन चाहेनन् ।

नेपालीहरुलाई प्रवेश शुल्क वापत ४ सय पचास लीएता पनि प्रतियोगीतामा सहभागी सबैलाई एउटा-एउटा टी सर्ट उपहार स्वरुप प्रदान गरेका थिए । स्मरण रहोस, उक्त म्याराथुन प्रतियोगितामा ५५ जना बिदेशी पाहुनाहरु र २५० जना नेपालीहरुले भाग लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *