सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत- गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया हबको आयोजनामा पहिलो “एभरेस्ट आईडल (गायन)” सम्पन्न भएको छ । पहिलो “एभेरेस्ट आईडल”मा सोनाहाङ राई ई–मेडिया हबको पहिलो “एभरेस्ट आइडल” बनेका छन् ।
बेलायतका लागी नेपाली राजदुत महामुहिम साहित्यकार डा.दुर्गा बहादुर सुबेदी “दुबसु” को प्रमुख आथित्य रहेको यस कार्यक्रममा विशेष अतिथिमा एन आर एन यूकेका वर्तमान अध्यक्ष योग कुमार फगामी रहनु भएको थियो, साथै अन्य अतिथिहरु यस आईडलका प्रायोजकहरुः दिपेश लामा, देउकि राई, सुर्य गुरुङ्, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बल बहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्र कुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ्, शङ्कर गुरुङ् रहनु भएको थियो ।
ई–मेडिया हबका सि ई ओ ईश्वर चाम्लिङ राईले कार्यक्रमको शुरुवातमा उपस्थित सम्पुर्ण संगित प्रेमी र साथ सहयोग गर्न पाल्नु भएकाहरुलाई वहाहरुको त्यो उपस्थित बिना कार्यक्रम सफल नहुने अवगत गराउदै सम्पुर्णलाई स्वागत गर्नु साथै यस आईडलको पुरस्कार प्रायोजकहरु सम्पुर्णलाई विषेश धन्यवाद पनि दिए ।
प्रमुख अतिथि महामुहिम डा. “दुबसु” कार्यक्रमको शुभकामना मन्तब्यमा बोल्दै “यस प्रतिश्पर्दामा कोहि पनि हारजीत हुदैन जितेर पनि गौरब र अहङ्कार गर्नु हुदैन, डायस्पोरा बेलायत भुमिमा रहेर नेपाली गीत सङ्गितमा लागी पर्नुलेनै सबै प्रतियोगीहरुले आईडल जिति सकेको गौरवसाथ भन्नुभयो । यस्का साथै नेपाली साङ्गेतिक आकाशका कालखण्डका गायकहरु मास्टर मित्रसेन देखि राजेश पायल राई, दिपक लिम्बु सम्मका पुस्ताका नामहरु सम्झदै गोरखाली विरताका ईतिहास, बहादुरीको ईतिहास साथसाथै हाम्रो बहादुरी, धर्म, सस्कार सस्कृती जोगाउन हामि सफल भएको जनाउनु भयो । साथै सम्पुर्ण प्रतिश्पर्धिहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधब घिमिरेको कविता दुइ हरफ सुनाएर विदा लिनुभयो ।
उक्त प्रतियोगीतामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरु चन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिप प्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुग्न सफल उक्त प्रतियोगीतामा “सान्नानिले झुक्यायो मलाई र कहा थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ” बोलको दुई गीत गाएर सबैलाई पछि पार्दै बेलायतका लागी नेपाली सांगेतिक धरातलमा ऐतिहासिक पहिलो एभरेष्ट आईडलको उपाधि साथै १२ सय पाउण्ड पनि सोनाहाङ राइले हात पारेको हो । उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई भएका थिए ।
उक्त आईडलका जजहरु क्रमश शर्मिला बर्देवा, शितु खरेल, बि सी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङ भोटियाले फाईनलका १४ प्रतिस्पर्धिहरु सबै एकसा एक भएकोले उनिहरुबाट पहिलो “एभरेस्ट आईडल” छान्न निकै गा¥हो भएको तर पब्लिक भोटिङले धेरै सजीलो बनाएको बताए ।
यस आईडलको पुरस्कार प्रायोजकहरुः न्यू लक्ष्मि ज्वेलरी “ग्राण्ड मास्टर स्पोन्सर”, देउकि राई “मास्टर स्पोन्सर”, पिपल मर्गेज “मास्टर स्पोन्सर”, गोर्खा भिल्ला, आशफोर्ड “मेजर स्पोन्सर”, दुर्गा घल “मेजर स्पोन्सर” पुनहिल ग्रोसरी सप “मास्टर स्पोन्सर”, फोर्सेस क्याब “मास्टर स्पोन्सर”, एभरेस्ट सेक्युरिटी “मास्टर स्पोन्सर”, गोर्खा प्रोपर्टिज “मास्टर स्पोन्सर”, जेन ट्राभल्स “मास्टर स्पोन्सर”, काठामण्डौ ज्वेलर्र “स्पोन्सर”, निरा पिजी “मिनी स्पोन्सर”, गोर्खा भिल्ला अल्डरसट “मिनी स्पोन्सर”, यूरोपा फूड “मिनी स्पोन्सर” रहेका थिए ।
साँझ निर्धारित समय ५:३० बाट शुरु भएर मध्यरात १२ बजे सकिएको उक्त कार्यक्रमलाई साहित्यकार नबराज राई र मिश यूके २०१४ का नेहा देवान दोयले सञ्युक्त रुपमा सञ्चालन गरेका थिए ।