काठमाडौ २८ भदौ- गायिका मनिता राईको “नजर के जुधेको थियो” गजलको अपार सफलता पछी नेपाली लोक आधुनिक गीत “सीरूपाते खुकुरीको“सार्वजनिक भएको छ ।
सांगीतिक क्षेत्रमा लागेको छोटो समयमै राम्रो चर्चा कमाउन सफल गायिका मनिता राईको पहिलो एल्बम भित्र समावेश दोश्रो “सीरूपाते खुकुरी” बोलको गीत रेकर्ड भएको हो । “नजर के जुधेको थियो” गजलबाट गीत संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राई पहिलो गजल गीतबाट दर्शक श्रोताहरूको मन मुटूमा बस्न सफल भएकी हुन् । पहिलो गजल गीतको चर्चा सेलाउन नपाँउदै सीरूपाते दर्शक श्रोता सामु पस्केकी छन् ।
गाँउबाट शहर पलायन,शहरबाट बिदेश पलायनको क्रममा लाखौ नेपालीहरु संसारकै हरेक कुनामा पुगेका छन् , ति सबै बाध्यता हो । जस्को मनमा नेपाल र नेपाली प्रति अगाढ माया बोकेरै परदेशमा बस्ने दाजु-भाईहरु प्रति प्रतिनित्व गर्दै गायिका मनिता राईले गएकी गीत हो सीरूपाते खुकुरी ।
एल्बमको तयारीमा रहेकी गायिका मनिता राईको यो गीत रेकर्ड पश्चात गीतहरू आउने क्रम सुरू भएको छ ।आफ्नै एल्बम भित्रको गीतको काम धमाधम भईरहेको बेला अन्य ठाँउ बाट समेत अवसरको ढोकाहरु खुल्दै गएको छ।
सुनिल दिप्त राईको शब्द तारा प्रकाश लिम्बुको संगीत र शाहास शाक्यको एरेन्ज रहेको यस गीतको दशै लगतै म्युजिक भिडीयो छायांकन हुने भएको छ । आगामी केहि दिनमै सुनिल दिप्त राईको एकल शब्दमा “पर्दैन तारा खसाउनु” हरी लम्सालको संगीतमा र “सानी तिम्रो गाउ घर साईपत्रीले ढाक्यो होला ” बसन्त सापकोटाको संगीतमा रेकर्ड हुने तयारीमा छ ।
”
सिरुपाते खुकुरीको” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
अति धेरै राम्रो गित तेहिमाथी आफ्नो पहिचान खुलाउने भेसभुसा। सुन्नलाउअक गित अनि उस्तै छ स्वर। मनिता बहिनिलाइ सफलताको शुभकामना।